सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्चमा आज पनि धर्ना जारी प्रधानन्यायाधिश राणाले तोके पेशी

520
shares

काठमाडौँ । सर्वोच्च अदालतबाट सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले आज पनि आफ्ना लागि इजलास तोकेका छैनन् । राणाले अरू न्यायाधीशहरूका लागि ९ वटा इजलास तोकेका छन्। ती सबै इजलास बन्दीप्रत्यक्षीकरणका मात्र रहेका छन् ।
विवादमा फसेका प्रधानन्यायाधीश राणाले निकास दिनुपर्ने पक्षमा रहेका न्यायाधीशले गत सातादेखि इजलासमा सुनुवाइ गरेका छैनन् ।

यसैबीच प्रधानन्यायाधीश राणाको राजीनामा मागिरहेको नेपाल बार एसोसिएसनले सर्वोच्च परिसरमा आज पनि धर्ना जारी राखेको छ । धर्ना र विरोध कार्यक्रम जारी रहेपनि प्रधानन्यायाधिश राणा भने टसमस सम्म भएका देखिएको छैन । यहि कारणले गर्दा राणा र अन्य न्यायाधिशहरु वीच दुरी बढ्ने सम्भावना समेत देखिएको छ ।

सत्तासँग साँठगाँठ गरेको, मन्त्रिमण्डलमा भागबन्डा खोजेको, मुद्दाको पेसी तोक्दा गोलाप्रथा लागू गर्न नमानेकोलगायत विषयमा राणाको चौतर्फी आलोचना भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports