kumari
stcnepal

इजरायल र हमास बीच ४ दिनका लागि युद्धविराम

प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच जारी युद्ध चार दिनका लागि रोक्ने सहमति दुई पक्षबीच भएको छ। गत ७ अक्टोबरमा हमासले आक्रमण गरेपछि इजरायलसँग युद्ध सुरु भएको थियो। दुई पक्षबीच युद्धबिरामको सहमति भएसँगै इजरायली क्षेत्रबाट बन्धक बनाइएका २ सयमध्ये ५० जनालाई रिहा गर्ने सहमति पनि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

इजरायलले पनि बन्धक बनाएका १ सय ५० जना प्यालेस्टाइनी नागरिकहरुलाई रिहा गर्ने सहमति पनि दुई पक्षबीच भएको छ। इजरायलमा कामका लागि पुगेका नेपाली नागरिक विपीन जोशीलाई हमासले बन्धक बनाएको छ। यद्यपि युद्धबिरामसँगै उनी छुट्ने/नछुट्ने यकिन भइसकेको छैन। नेपालले आफ्ना नागरिकको रिहाका लागि इजरायलसँगै हमास समूहसँग संवादमा रहेका अन्य कूटनीतिक सम्बन्ध रहेका देशहरूसँग पनि आग्रह गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

footer