kumari
stcnepal

मानार्थ महारथीको सम्मानबाट विभुषीत भए शर्मा

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान पाएका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले आज बिहान राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शर्मालाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नेपाली सेनाको नेतृत्व सम्हालेयता यो शर्माको पहिलो विदेश भ्रमण हो ।( हिजो) मंगलबार दिल्ली पुगेका शर्माले भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतलाई भेट्ने कार्यक्रम पनि छ । भ्रमणका क्रममा उनले भारतका केही राजनीतिज्ञसँग पनि भेटवार्ता गर्ने छन् ।
मंगलबार साँझ उनले भारतीय समकक्षी मनोज मुकुन्द नरभणेसँग भेटवार्ता गरेका थिए । सन् १९५० देखि एकअर्काको देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलन रही आएको छ । त्यसअनुसार नरभणेले २१ कात्तिक २०७७ मा नेपाली सेनाको मानार्थ महारथीको सम्मान राष्ट्रपतिबाट लिइसकेका छन् ।

शर्मा भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाउने नेपाली सेनाका १५ औं सेनापति हुन् । नेपालबाट १९६९ मा प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी चिह्न पाएका थिए ।
त्यसयता सिंहबहादुर बस्न्यात, गुणशमशेर जबरा, सिंहप्रताप शाह, अर्जुननरसिंह राणा, गडुल शमशेर जबरा, धर्मपालवरसिंह थापा, प्रज्वल शमशेर जबरा, प्यारजंग थापा, रूक्माङ्गद कटुवाल, छत्रमानसिंह गुरुङ, गौरव शमशेर जबरा, राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा गरी १४ जनाले मानार्थ महारथीको सम्मान पाइसकेका छन् ।

भारतबाट पहिलो पटक जनरल केएम करिअप्पाले नेपालमा आएर मानार्थ महारथीको सम्मान लिएका थिए । त्यसयता नरभणेसहित १८ जनाले मानार्थ सेना प्रमुखको सम्मान पाइसकेका छन् ।

१९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्त्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह त्यो आन्दोलनका सर्वोच्च कमाण्डर भइ सबैको प्रिय बन्नुभएको हो । नेता सिंहलाई २०१७ साल पुस १ गतेको ‘कु’ पछि २०२५ सालसम्म वीपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो

footer