सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मानार्थ महारथीको सम्मानबाट विभुषीत भए शर्मा

507
shares

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान पाएका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले आज बिहान राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शर्मालाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नेपाली सेनाको नेतृत्व सम्हालेयता यो शर्माको पहिलो विदेश भ्रमण हो ।( हिजो) मंगलबार दिल्ली पुगेका शर्माले भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतलाई भेट्ने कार्यक्रम पनि छ । भ्रमणका क्रममा उनले भारतका केही राजनीतिज्ञसँग पनि भेटवार्ता गर्ने छन् ।
मंगलबार साँझ उनले भारतीय समकक्षी मनोज मुकुन्द नरभणेसँग भेटवार्ता गरेका थिए । सन् १९५० देखि एकअर्काको देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलन रही आएको छ । त्यसअनुसार नरभणेले २१ कात्तिक २०७७ मा नेपाली सेनाको मानार्थ महारथीको सम्मान राष्ट्रपतिबाट लिइसकेका छन् ।

शर्मा भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाउने नेपाली सेनाका १५ औं सेनापति हुन् । नेपालबाट १९६९ मा प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी चिह्न पाएका थिए ।
त्यसयता सिंहबहादुर बस्न्यात, गुणशमशेर जबरा, सिंहप्रताप शाह, अर्जुननरसिंह राणा, गडुल शमशेर जबरा, धर्मपालवरसिंह थापा, प्रज्वल शमशेर जबरा, प्यारजंग थापा, रूक्माङ्गद कटुवाल, छत्रमानसिंह गुरुङ, गौरव शमशेर जबरा, राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा गरी १४ जनाले मानार्थ महारथीको सम्मान पाइसकेका छन् ।

भारतबाट पहिलो पटक जनरल केएम करिअप्पाले नेपालमा आएर मानार्थ महारथीको सम्मान लिएका थिए । त्यसयता नरभणेसहित १८ जनाले मानार्थ सेना प्रमुखको सम्मान पाइसकेका छन् ।

१९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्त्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह त्यो आन्दोलनका सर्वोच्च कमाण्डर भइ सबैको प्रिय बन्नुभएको हो । नेता सिंहलाई २०१७ साल पुस १ गतेको ‘कु’ पछि २०२५ सालसम्म वीपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports