kumari
stcnepal

डेनमार्ककी महारानी मार्गरेट द्वितीय द्वारा राजगद्दी परित्यागको घोषणा, १४ जनवरीमा औपचारिक रूपमा आफ्नो पद छाड्ने

कोपनहेगन । डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा आफ्नो राजगद्दी परित्यागको घोषणा गरेकी छन्। उनले १४ जनवरीमा औपचारिक रूपमा आफ्नो पद छाड्ने छिन् ।

त्यो दिन उनी रानी बनेको ५२ वर्ष हुनेछ। ‘म सिंहासन मेरो छोरा राजकुमार फ्रेडरिकलाई छोड्नेछु,’ उनले घोषणा गरिन् । ८३ वर्षीया मार्गरेट हाल संसारमा शासनमा रहेकी एक मात्र रानी हुन् भने उनी युरोपमा सबैभन्दा लामो समयसम्म पदमा रहेकी छन् । उनले सन् १९७२ मा आफ्ना पिता राजा फ्रेडरिक नवौँको मृत्यु पछि सिंहासन ग्रहण गरेकी थिइन् । सन् २०२३ को सुरुमा आफ्नो ढाडको शल्यक्रियापछि उनले समयको सोच विचारपछि यो निर्णय गरेको खुलासा गरिन्। प्रधानमन्त्री मेटे फ्रेडरिकसनले रानीलाई उनको सेवाको लागि धन्यवाद दिएका छन्। एजेन्सी

footer