kumari
stcnepal

आज मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी

 

विराटनगर । प्रदेश १ प्रदेशसभाका बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वाको मत लिने छन् । मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । तर एमालेले बैठक स्थगित गर्न माग ग¥यो ।

सत्ता पक्ष बैठक स्थगित गर्न तयार थिएन । सत्तापक्षको जोडबलमा बसेको बैठकमा विश्वासको मत सम्बन्धित प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।

तर प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यसूचीमै प्रवेश नगरी बैठक आज बिहान साढे ११ बजेसम्मका लागि स्थगित गरेका थिए ।
नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको पार्टीका कारण आफ्ना सांसद आउन नसक्ने भन्दै मंगलबार एमालले बैठक स्थगित गर्न आग्रह गरेको थियो ।
सत्ता पक्षको जोडबलमा बसेको बैठकमा प्रतिपक्षी दल एमाले सहभागी भएन । प्रतिपक्षी सहभागी नभएपछि सभामुखले कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित गरेका थिए ।आज बस्ने बैठकमा विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी छ ।

footer