प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी

572
shares

 

विराटनगर । प्रदेश १ प्रदेशसभाका बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वाको मत लिने छन् । मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । तर एमालेले बैठक स्थगित गर्न माग ग¥यो ।

सत्ता पक्ष बैठक स्थगित गर्न तयार थिएन । सत्तापक्षको जोडबलमा बसेको बैठकमा विश्वासको मत सम्बन्धित प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।

तर प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यसूचीमै प्रवेश नगरी बैठक आज बिहान साढे ११ बजेसम्मका लागि स्थगित गरेका थिए ।
नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको पार्टीका कारण आफ्ना सांसद आउन नसक्ने भन्दै मंगलबार एमालले बैठक स्थगित गर्न आग्रह गरेको थियो ।
सत्ता पक्षको जोडबलमा बसेको बैठकमा प्रतिपक्षी दल एमाले सहभागी भएन । प्रतिपक्षी सहभागी नभएपछि सभामुखले कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित गरेका थिए ।आज बस्ने बैठकमा विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports