kumari
stcnepal

यू–१९ विश्वकप क्रिकेट : न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी न्युजिल्यान्डबाट जितका लागि तीन सय तीन रनको लक्ष्य पाएको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय दुई रन बनाएको हो । न्युजिल्यान्डका लागि तेस्रो नम्बरका ब्याट्सम्यान स्नेहिथ रेड्डीले उत्कृष्ट शतकीय पाली खेले । लामो समय क्रिजमा संघर्ष गरेका उनले टोलीका लागि अविजित एक सय ४७ रनको योगदान गरे । उनले एक सय २५ बलको सामना गरी ६ छक्का र ११ चौका पनि हिर्काएका थिए ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका किविज ब्याट्सम्यान ओस्कर ज्याक्सनले पनि अर्धशतकीय पाली खेलेका थिए । टोलीको कप्तानसमेत रहेका ज्याक्सनले ७५ रन बनाए । उनले ८१ बलको सामना गरी पाँच छक्का र तीन चौका पनि हिर्काए ।

footer