kumari
stcnepal

यू-१९ विश्वकप क्रिकेट अन्तरगत नेपालले आफ्नो दोस्रो खेल आज पाकिस्तान सँग खेल्दै

काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तरगत नेपालले आफ्नो दोस्रो खेल आज पाकिस्तानसँग खेल्दैछ । इस्ट लन्डन स्थित बफ्यालो पार्कमा नेपाली समयानुसार दिउँसो १ः४५ बजे खेल सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल न्यूजिल्यान्ड सँग पराजित भएको हुँदा पाकिस्तानले अफगानिस्तानलाई हराएको थियो । यसअघि यू-१९ क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तान बीच तीन पटक खेल भएका छन् । तीमध्ये एक खेल पूरा हुन सकेन भने एक खेलमा नेपाल तथा एक खेलमा पाकिस्तानले जीत हात पारेको थियो ।

footer