kumari
stcnepal

नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनायो

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानलाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ । बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनायो ।

नेपालका लागि ओपनर विपिन रावलले ६८ बलमा ४ र्चाैका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । नेपालका कुनै पनि ब्याटरले पाकिस्तान विरुद्ध राम्रो प्रदर्शन गर्न सकेनन् ।पाकिस्तानको सिनियर टोलीबाट खेलेका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर अली असफन्डले १० ओभरमा मात्रै १५ रन खर्चेर १ विकेट लिए । अहमद हसनले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । उबेद साहले २, खुबैब खलिल र मोहम्मद जिशानले १-१ विकेट लिए ।

 

footer