kumari
stcnepal

प्रधानमन्त्री कपको उपाधिका लागि आज पुलिस र आर्मी बीच खेल हुने

काठमाडौ । छैटौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधिका लागी आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । उक्त खेल टियु क्रीकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

पुलिस अपराजित रहँदै फाइनल पुगेको हो भने आर्मी ७ खेलमा जित र २ खेलमा हारसहित फाइनल यात्रा तय गरेको हो । लिग चरणमा आर्मीलाई पुलिसले १३ रनले पराजित गरेको थियो । पुलिसको कप्तानी दीपेन्द्रसिंह ऐरीले र आर्मीको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।

footer