kumari
stcnepal

चिनियाँ फुटवल टोलीलाई नेपालले ५ गोलले हरायो

काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा भएको मैत्रीपूर्ण खेलमा नेपाली युवा टोली विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार भएको खेलमा नेपाली यू–२३ टोलीले चिनिया छिङ हाई युसुको युवा टोलीलाई ५–१ ले पराजित गरेको हो ।

नेपालका लागि समिर तामाङले दुई गोल गरे । उनले ३९औं र ३४औं मिनेटमा गोल गरे । यस्तै सञ्जीव विष्टले दोस्रो, छिरिङ लामाले ६३औं र निराजन धामीले ७५ औं मिनेटमा गोल गरे । युथ टोली भएपनि नेपाली टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु रहेकोले नेपालले विपक्षीलाई पूर्ण रुपमा दबाबमा राखेको थियो । जसमा मनिष डाँगीले नेपालको कप्तानी गरेका थिए । यस्तै राष्ट्रिय टिमका आयुष घलान, छिरिङ लामा, लकेन लिम्बु, उत्सव राई पनि खेलेका थिए ।

नेपालस्थित चिनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यो खेल भएको छ । खेलअघि र हाफ टाइमको बेलामा विभिन्न सांस्कृतिक कार्यक्रम सहितको प्रस्तुती समेत देखाइएको थियो । सन् १९९५ मा चीनको सिनियर टोलीले नेपालमा आएर खेलेको थियो । त्यसयता चीनको कुनै पनि टोली दशरथ रङ्गशालामा आएर खेलेको यो पहिलो पटक हो ।

footer