kumari
stcnepal

नेपाली टोली मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्यो

काठमाडौँ । नेपाली टोली मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बुधवार खेलिएको क्वार्टरफाइनल खेलमा कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालले सेमिफाइनलमा मलेसियाको सामना गर्नेछ । मलेसिया भने बुधवार नै खेलिएको अर्को क्वार्टरफाइनल खेलमा जापानलाई १६ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रन बनाएको थियो । त्यसपछि वर्षाका कारणले नेपालले १२ ओभरमा ५० रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ६.५ ओभरमै केवल दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित २२ रन बनाइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी उनले २१ बलको सामना गरी एक चौका पनि हिर्काइन् ।

footer