kumari
stcnepal

नेपाल ९ विकेटले विजयी

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई सजिलै हराएको छ । शनिबार भएको खेलमा नेपाल ९ विकेटले विजयी बनेको हो ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि ओपनर आसिफ शेखले ५४ रन बनाए । उनले ४५ बलमा ८ चौका र १ छक्का हिर्काए । अनिल साहले विस्फोटक पाली खेल्दै ३६ बलमा ५७ रन बनाए । उनले ६ चौका र ४ छक्का हिर्काए ।नेपालले एक मात्र विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । उनी २८ रन बनाएर भियिन किंग्माको बलमा क्याच आउट भएका थिए । उनले मात्र ११ बलमा २ चौका र ३ छक्का हिर्काए ।

यसअघि राम्रो बलिङ प्रदर्शन गरेको नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भयो ।

footer