kumari
stcnepal

नेपाल आठ विकेटले पराजित

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबारको खेलमा नेपाली टोली पराजित भएको छ ।

नेदरल्यान्ड्सले नेपाललाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो । जितसँगै नेपाललाई उछिन्दै नेदरल्यान्ड्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले ३७.५ ओभरमा केवल दुई विकेट गुमाएर विजय लक्ष्य पुरा ग¥यो ।

नेदरल्यान्डलाई ओपनर ब्याट्सम्यानद्वय म्याक्स ओ’डड र माइकल लेभिटले गतिलो सुरुआत दिएका थिए । यी दुबै ओपनरले ६१ रनको साझेदारी गरे । लेभिटले ३९ र म्याक्सले २८ रन बनाए । डच टोलीका अन्य ब्याट्सम्यानले पनि निखारिएको प्रदर्शन गरे ।

footer