kumari
stcnepal

एन्फाका वरिष्ठ उपाध्यक्ष सहित ९ केन्द्रीय सदस्यले साधारण सभा बहिस्कार गरे

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष सहित ९ केन्द्रीय सदस्यले साधारण सभा बहिस्कार गरेका छन् ।

एन्फाको साधारणसभा शंमखुल स्थित एक बैंक्वेटमा चलिरहेको छ । तर केन्द्रीय कार्यसमितिमा छलफल नै भएका विषयलाई साधारण सभाको एजेन्डामा राखेको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का सहित १० जनाले साधारणसभा बहिस्कार गरेका हुन् ।

साधारणसभाको एजेण्डा तय गर्न फागुन ३ देखि ६ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । लेखा प्रतिवेदन, आर्थिक नियमावली र आर्थिक कार्यविधि संशोधन प्रस्तावबारे छलफल भएपनि प्रस्तावित विषयमा बहुमत सदस्यको असहमति थियो । तर महासचिवले उपस्थितिको हस्ताक्षर दुरुपयोग गरी निर्णय भएको भनेको ९ जनाको आरोप छ ।

एन्फाको केन्द्रीय समितिका २१ जनामध्ये उपाध्यक्ष दावा लामा फरार छन् । दुई जना सदस्य पेमा लामा र सरिला श्रेष्ठ साउदी अरेबियामा छन् भने भरत बुढा अनुपस्थित छन् । बाँकी १७ मध्ये असन्तुष्ट ९ जना बाहिर छन् । अध्यक्ष सहित ८ जना मात्र बैठक हलमा छन् ।

footer