kumari
stcnepal

नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हरायो

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हराएको छ । जारी शृंखलामा नेदरल्यान्ड्सको यो दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराएको थियो ।

कीर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाएको थियो । कीर्तिपुर मैदानमा कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक रन थियो ।

नेदरल्यान्ड्सले बिहीबार नेपालको कीर्तिमान तोडेको हो । यसअघि कीर्तिपुर मैदानमा सन् २०२१ को अप्रिल २४ तारिखमा खेलिएको नेदरल्यान्ड्स विरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो ।

footer