kumari
stcnepal

वाफ च्याम्पियनसिपमा टाईब्रेकरमा नेपाल जोर्डन सग पराजित

काठमाडौं । जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार राति भएको फाइनलमा जोर्डनले नेपाललाई टाइब्रेकरमा पराजित गर्यो ।जोर्डनले नेपाललाई टाइब्रेकरमा ५–३ ले हरायो । नेपालको चौथो प्रहारमा अमृता जैँसी चुकेकी थिइन् । उनको प्रहार लेबनानकी गोलकिपरले रोकिन् । लेबनानले पाचौँ प्रहारमा गोल गरेपछि नेपालले आफ्नो अन्तिम प्रहार गरिरहनै परेन ।

निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। नेपालले २९ औँ मिनेटमा सविता रानामगरले पहिलो गोल गरेकी थिइन् ।७३ औँ मिनेटमा जोर्डनले खेल बराबरीमा ल्याएको थियो । ८८ औँ मिनेटमा गोल गरेपछि जोर्डन उपाधि नजिक देखिएको थियो । तर इन्जुरी समयमा नेपालकी गिता रानाले प्राप्त पेनाल्टी अवसरमा गोल गर्दै खेल बराबरीमा पुर्याथएकी थिइन् । पहिलो हाफमा दबाबपूर्ण प्रदर्शन गरेको नेपालका लागि दोस्रो हाफ सुरु भएको केही समयमा प्लेमेकर प्रिति राई घाइते हुनु दुर्भाग्यपूर्ण रह्यो । उनलाई मैदान बाहिर राखेर उपचार गरिरहेकै समयमा जोर्डनले खेल बराबरीमा ल्याएको थियो। उसले अफसाइड ट्रयाप बिट गरेर नेपाललाई जिल्याएको थियो । जोर्डनका एक खेलाडी पछाडि रहेको देखेर आफ्नो पोष्टतर्फ आएको लामो प्रहार नेपाली खेलाडीले छाडिदिएका थिए ।

त्यही समयमा जोर्डनका दुई खेलाडी अगाडि बढ्दै गोलकिपरसँग वन भर्सेस वन भएका थिए । त्यसपछि मात्र प्रितिको ठाउँमा अर्को खेलाडीलाई मैदान पठाइएको थियो । प्रतियोगिताको सर्वाधिक गोलकर्ता सावित्रा भन्डारी साम्बा फाइनलमा नहुनु पनि नेपालका लागि दुर्भाग्यपूर्ण रह्यो। उनी क्लबले बोलाएपछि फाइनल छाडेर फ्रान्सतर्फ लागेकी थिइन् । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलमा पहिलो उपाधि जित्ने प्रयाशमा थियो । जोर्डनले वाफ च्याम्पियनसिप छैटौँपटक जितेको हो । यो प्रतियोगिता जोर्डनबाहेक अन्य टोलीले दुईपटक मात्र जितेका छन् ।

footer