सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वाफ च्याम्पियनसिपमा टाईब्रेकरमा नेपाल जोर्डन सग पराजित

559
shares

काठमाडौं । जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार राति भएको फाइनलमा जोर्डनले नेपाललाई टाइब्रेकरमा पराजित गर्यो ।जोर्डनले नेपाललाई टाइब्रेकरमा ५–३ ले हरायो । नेपालको चौथो प्रहारमा अमृता जैँसी चुकेकी थिइन् । उनको प्रहार लेबनानकी गोलकिपरले रोकिन् । लेबनानले पाचौँ प्रहारमा गोल गरेपछि नेपालले आफ्नो अन्तिम प्रहार गरिरहनै परेन ।

निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। नेपालले २९ औँ मिनेटमा सविता रानामगरले पहिलो गोल गरेकी थिइन् ।७३ औँ मिनेटमा जोर्डनले खेल बराबरीमा ल्याएको थियो । ८८ औँ मिनेटमा गोल गरेपछि जोर्डन उपाधि नजिक देखिएको थियो । तर इन्जुरी समयमा नेपालकी गिता रानाले प्राप्त पेनाल्टी अवसरमा गोल गर्दै खेल बराबरीमा पुर्याथएकी थिइन् । पहिलो हाफमा दबाबपूर्ण प्रदर्शन गरेको नेपालका लागि दोस्रो हाफ सुरु भएको केही समयमा प्लेमेकर प्रिति राई घाइते हुनु दुर्भाग्यपूर्ण रह्यो । उनलाई मैदान बाहिर राखेर उपचार गरिरहेकै समयमा जोर्डनले खेल बराबरीमा ल्याएको थियो। उसले अफसाइड ट्रयाप बिट गरेर नेपाललाई जिल्याएको थियो । जोर्डनका एक खेलाडी पछाडि रहेको देखेर आफ्नो पोष्टतर्फ आएको लामो प्रहार नेपाली खेलाडीले छाडिदिएका थिए ।

त्यही समयमा जोर्डनका दुई खेलाडी अगाडि बढ्दै गोलकिपरसँग वन भर्सेस वन भएका थिए । त्यसपछि मात्र प्रितिको ठाउँमा अर्को खेलाडीलाई मैदान पठाइएको थियो । प्रतियोगिताको सर्वाधिक गोलकर्ता सावित्रा भन्डारी साम्बा फाइनलमा नहुनु पनि नेपालका लागि दुर्भाग्यपूर्ण रह्यो। उनी क्लबले बोलाएपछि फाइनल छाडेर फ्रान्सतर्फ लागेकी थिइन् । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलमा पहिलो उपाधि जित्ने प्रयाशमा थियो । जोर्डनले वाफ च्याम्पियनसिप छैटौँपटक जितेको हो । यो प्रतियोगिता जोर्डनबाहेक अन्य टोलीले दुईपटक मात्र जितेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports