kumari
stcnepal

प्रभु बैंकको १७औं साभारणसभा, ८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष२०७४/७५ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । १७औं वार्षिक साधारण सभाका क्रममा बैंकले बोनश शेयर बाँड्ने निर्णय गरेको हो ।

बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा साधारण सभा सम्पन्न गर्दै संस्थापक समूहतर्फ कायम रहेको ६१.३१ प्रतिशत र सर्वसाधारण समूह तर्फ कायम रहेको ३८.६९ प्रतिशतको शेयर संरचना परिवर्तन गरी संस्थापक समुह तर्फ ५५ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४५ प्रतिशत कायम हुने गरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना परिवर्तन गर्ने निर्णय समेत गरेको छ ।

अब प्रभु बैंक लि।को जारी तथा चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख ७८ हजार ९ सय रुपैयाँ पुगेको छ । देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, १० वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १ सय ३२ वटा एटिएम मेसिन तथा १ सय ६५ शाखा कार्यालय सहित देशभर फैलिएको प्रभु बैंकका १२ लाख भन्दा बढि ग्राहक छन् ।

बैंकले छिट्टै देशका विभिन्न २८ स्थानमा नयाँ शाखा कार्यालयहरु खोली सेवा विस्तार गर्ने जनाएको छ ।

footer