kumari
stcnepal

एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहने

काठमाडौँ । आज विवेकशील साझा पार्टीले सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता घोषणा गरेका छन् ।

माइतीघर मण्डलमा एक कार्यक्रम गरी पार्टीले एकता घोषणा गरेको हो । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ नै रहने र एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुने घोषणा क्रममा उनीहरूले बताएका हुन् ।

पार्टीलाई बृहत्तर बनाउँदै लैजाने क्रममा पार्टीको नाम उपयुक्त समयमा परिवर्तन गर्न सकिने समेत उनीहरूले बताएका छन्।
एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ भने एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुने बताइएको छ ।

footer