kumari
stcnepal

आफ्ना बडिगार्ड पक्राउ बिरूद्ध दुर्गा प्रसाईं सर्वोच्च अदालत पुगे

काठमाडौं । आफ्ना बडिगार्डलाई पक्राउ गरिएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं सर्वोच्च अदालत पुगेका छन् ।

प्रसाईं बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका हुन् । प्रारम्भिक सुनुवाइका लागि बुधबार पेशी तोकिएको छ । प्रसाईंका दुई जना बडिगार्डलाई अत्याधुनिक हतियार सहित प्रहरीले सोमबार पक्राउ गरेको थियो । इजाजत प्राप्त हतियार बोकेर हिँड्दा पनि पक्राउ गरिएको भन्दै उनीहरुलाई थुनामुक्त गरिनुपर्ने प्रसाईंको माग छ ।

footer