kumari
stcnepal

अब गृह मन्त्रालयको जिम्मेवारी प्रवक्तामा कोइराला

 

 

काठमाडौं । गृह मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रालयको महत्वपूर्ण मानिने सुरक्षा तथा समन्वय महाशाखामा मुकुन्द प्रसाद निरौलालाई जिम्मेवारी दिइएको छ ।

यसअघि सो महाशाखामा रहेका फणिन्द्रमणि पोखरेलको कर्मचारी प्रशासन महाशाखामा सरुवा गरिएको छ । पोखरेल अमेरिका भ्रमणमा जाने भएपछि उनले शान्ति सुरक्षा महाशाखा छाडेका हुन् ।

त्यस्तै, प्रवक्ताको जिम्मेवारी सहसचिव प्रदीप कुमार कोइरालालाई दिइएको छ । कोइराला आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुख हुन् । गृहले शान्ति सुरक्षा महाशाखाका प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेकोमा आन्तरिक व्यवस्थापन हेर्नेलाई दिइएको छ । गृहमा केही सहसचिव र उपसचिवहरुले भने अझै जिम्मेवारी पाउन सकेका छैनन् ।

footer