सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब गृह मन्त्रालयको जिम्मेवारी प्रवक्तामा कोइराला

507
shares

 

 

काठमाडौं । गृह मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रालयको महत्वपूर्ण मानिने सुरक्षा तथा समन्वय महाशाखामा मुकुन्द प्रसाद निरौलालाई जिम्मेवारी दिइएको छ ।

यसअघि सो महाशाखामा रहेका फणिन्द्रमणि पोखरेलको कर्मचारी प्रशासन महाशाखामा सरुवा गरिएको छ । पोखरेल अमेरिका भ्रमणमा जाने भएपछि उनले शान्ति सुरक्षा महाशाखा छाडेका हुन् ।

त्यस्तै, प्रवक्ताको जिम्मेवारी सहसचिव प्रदीप कुमार कोइरालालाई दिइएको छ । कोइराला आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुख हुन् । गृहले शान्ति सुरक्षा महाशाखाका प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेकोमा आन्तरिक व्यवस्थापन हेर्नेलाई दिइएको छ । गृहमा केही सहसचिव र उपसचिवहरुले भने अझै जिम्मेवारी पाउन सकेका छैनन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports