kumari
stcnepal

उपकुलपति कार्यालय घेराउ गर्ने विद्यार्थी पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति कार्यालय घेराउ गर्न पुगेका आठ विद्यार्थी पक्राउ परेका छन् ।

त्रिविले करार शिक्षकलाई आन्तरिक प्रक्रिया मिलाएर स्वतः स्थायी बनाउने निर्णय गरेपछि त्यसविरुद्ध आन्दोलनरत विद्यार्थीलाई उपकुलपति कार्यालय परिसरबाट प्रहरलिे आज (बुधबार) पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्तमा राखिएको जनाइएको छ। पक्राउ पर्नेमा मनीषा कार्की, समीर गौतम, शोम बम, अनिल केसी, बीपीन बीक, रामनरेश यादव, प्रवीण दाहाल, तेजप्रसाद पोखरेल छन् ।

यसअघि त्रिवि करारमा कार्यरत शिक्षक र कर्मचारीलाई बिनाप्रतिस्पर्धा स्थायी गरेकोप्रति त्रिविका पाँच पूर्वउपकुलपति केदारभक्त माथेमा, कमलकृष्ण जोशी, महेशकुमार उपाध्याय, हीराबहादुर महर्जन र नविनप्रकाश जंग शाहले विज्ञप्ति जारी गर्दै उक्त निर्णय बदरको माग गर्दै विरोध जनाएका थिए ।

footer