सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपकुलपति कार्यालय घेराउ गर्ने विद्यार्थी पक्राउ

598
shares

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति कार्यालय घेराउ गर्न पुगेका आठ विद्यार्थी पक्राउ परेका छन् ।

त्रिविले करार शिक्षकलाई आन्तरिक प्रक्रिया मिलाएर स्वतः स्थायी बनाउने निर्णय गरेपछि त्यसविरुद्ध आन्दोलनरत विद्यार्थीलाई उपकुलपति कार्यालय परिसरबाट प्रहरलिे आज (बुधबार) पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्तमा राखिएको जनाइएको छ। पक्राउ पर्नेमा मनीषा कार्की, समीर गौतम, शोम बम, अनिल केसी, बीपीन बीक, रामनरेश यादव, प्रवीण दाहाल, तेजप्रसाद पोखरेल छन् ।

यसअघि त्रिवि करारमा कार्यरत शिक्षक र कर्मचारीलाई बिनाप्रतिस्पर्धा स्थायी गरेकोप्रति त्रिविका पाँच पूर्वउपकुलपति केदारभक्त माथेमा, कमलकृष्ण जोशी, महेशकुमार उपाध्याय, हीराबहादुर महर्जन र नविनप्रकाश जंग शाहले विज्ञप्ति जारी गर्दै उक्त निर्णय बदरको माग गर्दै विरोध जनाएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports