kumari
stcnepal

जीबी राईको हत्या भइसकेको दावी गर्ने खनाल पक्राउ

काठमाडौं । नक्कली आईडी बनाइ सामाजिक सञ्जाल मार्फत भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

जीबी राई ‘हत्या’ सम्बन्धमा छानबिन होस् भनि नेपाल प्रहरीको वेबसाइटमा भिडिओ पठाएपछि खनाललाई पक्राउ गरिएको जिल्ला परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले फेक आईडीबाट सो भिडिओ पठाएको छानबिनबाट खुलेको प्रहरीको भनाइ छ । खनालले जीबी राईलाई गृहमन्त्री र प्रहरी प्रमुखले मारिसके जस्ता भ्रामक र अतिरञ्जित अभिव्यक्ति दिएको प्रहरीको भनाइ छ ।

footer