kumari
stcnepal

सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भएको आगलागी बारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझायो

काठमाडौँ । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भएको आगलागीबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । चैत २६ मा भएको आगलागीबारे छानबिन गर्न सहसचिव भरतमणि पाण्डेको नेतृत्वमा समिति गठन गरिएको थियो ।

छानबिन प्रतिवेदन गृहमन्त्रीलाई हस्तान्तरण गरिएको समितिका एक जना सदस्यले बताए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डे नेतृत्वको समितिमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा परिक्षकको कार्यालयका प्रतिनिधि, उपसचिव सागरमणि पाठक र कम्यूटर इन्जिनियर सुस्मा श्रेष्ठ सदस्य थिए ।

१७ दिनसम्म छानबिन गरेर समितिले प्रतिवेदन बुझाएको हो ।सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल नेतृत्वको आन्तरिक समितिले त्यसबारे छानबिन गरिरहेको छ । दुवै प्रतिवेदन प्राप्त भएपछि आगलागीका कारण र क्षतिबारे सार्वजनिक गरिने गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

footer