kumari
stcnepal

काग्रेसको केन्द्रिय सदस्यमा रिजाल र ढुंगाना र्निविरोध

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुंगाना सर्वसम्मत चयन भएका छन्।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलले रिजाल र ढुंगाना सर्वसम्मत केन्द्रीय सदस्य भएको बताएका हुन् ।

केन्द्रीय सदस्यका लागि हिजो शनिबार उम्मेदवारी दिएका जंगीलाल यादवले आज उम्मेदवारी फिर्ता लिएसँगै रिजाल र ढुंगाना र्निविरोध खुला केन्द्रीय सदस्य भएका छन्।

रिजाल र ढुंगाना सभापति शेरबहादुर देउवा प्यानलका हुन् भने उनीहरूले प्रदेश २ बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए।
हिजो शनिबार मनोनयन दर्ता गरेकाहरूले मनोनयन पत्र फिर्ता लिने समय आजसम्म छ।

 

footer