kumari
stcnepal

कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्न अनुमति

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्न अनुमति दिइएकाे छ ।

जिल्ला अदालत धनुषाले जमानतमा रिहा गर्न अस्वीकार गर्दै थप ३ दिन थुनामा राख्ने आदेश गरेको हो । सिरोहिया नागरिकता विवादमा यसअघि दुई पटक म्याद थप भएर थुनामा रहेका छन् । नागरिकता विवादमा उनलाई गत मंगलबार काठमाडौँ पक्राउ गरिएको थियो ।

शुक्रबार अदालत पेस गरिनुअघि सरकारी वकिलको कार्यालयमा सिरोहियासँग ३ घण्टा लामो बयान लिइएको थियो। पहिलोपटक गत बुधबार पनि अदालतले सिरोहिया विरुद्ध ३ दिन नै म्याद थपेको थियो।

footer