kumari
stcnepal

यी हुन संसदीय समितिले छानबीन गर्ने २९ सहकारी

सहकारी ठगी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन प्रमुख प्रतिपक्ष कांग्रेस र सत्तापक्ष दलहरुबीच चार बुँदै सहमति भएको छ। मंगलबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा दलहरुबीच सहमति भएको हो। सहकारीको बचत अपचलन सम्बन्धि कार्यदलको बैठकले तयार गरेको सहमतिको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन्।सहमतिसँगै संसदको गतिरोध हट्ने भएको छ भने संसदीय समिति गठन गरेर छानबिन सुरु हुनेछ।

छानबिनको सूचिमा २९ वटा सहकारी छन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको भनिएको सुुर्दशन र सुप्रिम सहकारी पनि संसदीय छानबिनको सूचिमा रहेका छन्। सहमतिमा सहकारी संस्थाहरुमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने भनिएको छ। समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने सहमति भएको छ।

यस्तै नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची– १ मा उल्लेख भएका संस्थाहरु लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने भनिएको छ। र सहकारी संस्था सदस्य (शेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुरÞ्याएको भनी सङ्घीय संसद् र सार्वजनिक रुपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका सहकारी संस्थाहरुबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थाहरुमा प्रवाह भएको रकमको स्थिति,सो रकम गैर कानुनी रुपमा प्रवाह भए–नभएको, र त्यस्तो गैर कानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरुको बारेमा अध्ययन र छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरुलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने सहमति भएको छ।

यी हुन् संसदीय समितिले छानबिन गर्ने सूचिमा रहेका २९ सहकारी:

अनुसूचि १
१. ओरेण्टल को–अपरेटिभ लिमिटेड
२. स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ
३. प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ
४. प्रभु बचत तथा ऋण सहकारी संस्था
५. कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ
६. कन्जुमर बचत तथा ऋण सहकारी संस्था
७. कुवेर बचत तथा ऋण सहकारी संस्था
८. चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ
९. भेगास बचत तथा ऋण सहकारी संस्था
१०. स्ट्याण्डर्ड मल्टिप्रपोज को अपरेटिभ लिमिटेड
११. सोसाइटल बचत तथा ऋण सहकारी संस्था
१२. लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था
१३. पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड
१४. शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
१५. तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड
१६. हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड
१७. कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था
१८. कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
१९. लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था
२०. गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

अनुसूचि २
१. आईडियल यमुना बहुउद्देश्यी संस्था
२. ईमेज बचत तथा ऋण सहकारी संस्था लि
३. सहारा बचत तथा ऋण सहकारी
४. समानता वचत तथा ऋण सहकारी
५. सानो पाइला वचत तथा ऋण सहकारी
६. सुप्रिम बचत तथा ऋण सहकारी
७. सूर्यदर्शन बचत तथा ऋण सहकारी
८. सुमेरू बचत तथा ऋण सहकारी
९. स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी

footer