kumari
stcnepal

एमसीसीको विरोधमा भोलि (मंगलबार) संसद भवन घेराऊ

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरूले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन् ।
आज सोमवार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा उनीहरूले घेराउ गरेका हुन् । घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताएका हुन् । उनले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । नेता गजुरेलले एमसीसीको विरोधमा भोलि (मंगलबार) संसद भवन घेराऊ गर्ने घोषणा पनि गरे ।

‘एमसीसी भनेको एउटा यस्तो धारिलो तरबार हो, जो नेपाली जनताको टाउकोमा तेर्स्याइरहेको छ,’ उनले भने, ‘हामी वारिपारि भएर हिँडिरहेका छौँ । तरबार हल्लिरहेको छ । अलिकति सावधानी भएन भने गर्धन काटिन्छ । त्यसकारण एमसीसी संशोधन होइन खारेज गरिनुपर्छ ।’

कार्यक्रममा नेकपाका नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसीसी खतरनाक भएकोले खारेज हुनुपर्ने बताए । उनले भारतमा बजार विस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोपसमेत लगाए ।

उनले एमसीसी पास भएमा नेपाली सेना, प्रहरी, कर्मचारीहरू एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने दाबीसमेत गरे ।

‘संवेदनशील राजनीतिक अवस्थामा नेपाल छ, भारतमा बजार विस्थापित गर्न र चीनलाई टुक्राउन एमसीसी आउन लागेको हो,’ उनले भने, ‘तर यसले नेपाललाई झनै नराम्रो गर्दछ । यदि यो पास भए हामी अमेरिकाको गुलाम भएर बस्नुपर्ने स्थिति छ । नेपालका सारा प्राकृतिक सम्पदाहरू अमेरिकाको हातमा च्त्क्ष्क्भ्ःभ्ल्त्हुनेछन् । अमेरिकी एमसीसी नेपालको लागि खतरनाक अवस्थामा रहेको छ ।’

footer