सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसीको विरोधमा भोलि (मंगलबार) संसद भवन घेराऊ

598
shares

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरूले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन् ।
आज सोमवार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा उनीहरूले घेराउ गरेका हुन् । घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताएका हुन् । उनले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । नेता गजुरेलले एमसीसीको विरोधमा भोलि (मंगलबार) संसद भवन घेराऊ गर्ने घोषणा पनि गरे ।

‘एमसीसी भनेको एउटा यस्तो धारिलो तरबार हो, जो नेपाली जनताको टाउकोमा तेर्स्याइरहेको छ,’ उनले भने, ‘हामी वारिपारि भएर हिँडिरहेका छौँ । तरबार हल्लिरहेको छ । अलिकति सावधानी भएन भने गर्धन काटिन्छ । त्यसकारण एमसीसी संशोधन होइन खारेज गरिनुपर्छ ।’

कार्यक्रममा नेकपाका नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसीसी खतरनाक भएकोले खारेज हुनुपर्ने बताए । उनले भारतमा बजार विस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोपसमेत लगाए ।

उनले एमसीसी पास भएमा नेपाली सेना, प्रहरी, कर्मचारीहरू एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने दाबीसमेत गरे ।

‘संवेदनशील राजनीतिक अवस्थामा नेपाल छ, भारतमा बजार विस्थापित गर्न र चीनलाई टुक्राउन एमसीसी आउन लागेको हो,’ उनले भने, ‘तर यसले नेपाललाई झनै नराम्रो गर्दछ । यदि यो पास भए हामी अमेरिकाको गुलाम भएर बस्नुपर्ने स्थिति छ । नेपालका सारा प्राकृतिक सम्पदाहरू अमेरिकाको हातमा च्त्क्ष्क्भ्ःभ्ल्त्हुनेछन् । अमेरिकी एमसीसी नेपालको लागि खतरनाक अवस्थामा रहेको छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports