प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दशकयता पहिलोपटक उत्तर कोरियाको भ्रमणमा पुगेका छन् । स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे पुटिन प्योङयाङ पुगेका हुन् ।
पुटिन २४ वर्षपछि उत्तर कोरिया पुगेका हुन् । गत वर्षको सेप्टेम्बरमा किम रेल चढेर रुस पुगेका थिए । विज्ञहरूले यो भ्रमण युक्रेनसँग युद्धका लागि उत्तर कोरियासँग हतियारको सहयोगमा केन्द्रित रहने बताएका छन् । पुटिन र किम आज विभिन्न बैठकहरूमा सहभागी हुनेछन् भने गाला कन्सर्ट र रिसेप्सनमा सहभागी हुनेछन् । दुई नेताले कम्तीमा ९ घण्टा सँगै बिताउनेछन् ।
रुसी प्रतिनिधि मण्डलमा विदेश मन्त्री सर्गेई लाभरो, प्रथम उपप्रधानमन्त्री डेनिस मान्टुरोभ, उपप्रधानमन्त्री अलेक्सान्डर नोभाक, रक्षा मन्त्री आन्द्रेई बेलुसोभ, स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलगायत छन् ।