विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दशकयता पहिलोपटक उत्तर कोरियामा

715
shares

प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दशकयता पहिलोपटक उत्तर कोरियाको भ्रमणमा पुगेका छन् । स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे पुटिन प्योङयाङ पुगेका हुन् ।

विमानस्थलमा पुटिनको स्वागतका लागि रातो कार्पेट बिछ्याइएको थियो भने उत्तर कोरियाली नेता किम जोङ उन आफै उनलाई स्वागत गर्न पुगेका थिए ।विमानस्थलबाट दुई नेता एउटै लिमोजिन कारमा कुमसुसान स्टेट गेस्ट हाउसतर्फ लागेका थिए । कोरियाको भ्रमणका क्रममा पुटिन त्यहीँ बस्नेछन् । पुटिनको स्वागतमा प्योङयाङका सडकहरू दुई नेताको तस्बिर, फूल र बेलुनहरूले सजाइएको छ ।

पुटिन २४ वर्षपछि उत्तर कोरिया पुगेका हुन् । गत वर्षको सेप्टेम्बरमा किम रेल चढेर रुस पुगेका थिए । विज्ञहरूले यो भ्रमण युक्रेनसँग युद्धका लागि उत्तर कोरियासँग हतियारको सहयोगमा केन्द्रित रहने बताएका छन् । पुटिन र किम आज विभिन्न बैठकहरूमा सहभागी हुनेछन् भने गाला कन्सर्ट र रिसेप्सनमा सहभागी हुनेछन् । दुई नेताले कम्तीमा ९ घण्टा सँगै बिताउनेछन् ।

रुसी प्रतिनिधि मण्डलमा विदेश मन्त्री सर्गेई लाभरो, प्रथम उपप्रधानमन्त्री डेनिस मान्टुरोभ, उपप्रधानमन्त्री अलेक्सान्डर नोभाक, रक्षा मन्त्री आन्द्रेई बेलुसोभ, स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलगायत छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports