kumari
stcnepal

आज बढुवा भएका ११ जना एएसएपीहरुलाई खनालद्धारा फुली

 

काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना कामु एसएसपीले बढुवा भएको तीन सातापछि फुली लगाउने अवसर पाएका छन् । सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनाललेआज एसएसपी भएका ११ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसिना, निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल र दिपेन्द्र कुँवरलाई दज्र्यानी चिन्ह लगाइएको हो । एसएसपी बढुवाका लागि न्यूनतम अवधि नपुगेपछि उनीहरुलाई कामु दिइएको हो । उनीहरुमध्ये कँडेलबाहेक सबै सशस्त्रको सिसं २ का अधिकृत हुन् ।

गृहमन्त्रिस्तरको मंसीर १३ गतेको निर्णयले ११ जना अधिकृतहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका थिए ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै उनीहरुले राज्य र संगठनलाई पु¥याएको योगदानकोसाथै कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको उल्लेख गरे

footer