सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज बढुवा भएका ११ जना एएसएपीहरुलाई खनालद्धारा फुली

481
shares

 

काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना कामु एसएसपीले बढुवा भएको तीन सातापछि फुली लगाउने अवसर पाएका छन् । सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनाललेआज एसएसपी भएका ११ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसिना, निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल र दिपेन्द्र कुँवरलाई दज्र्यानी चिन्ह लगाइएको हो । एसएसपी बढुवाका लागि न्यूनतम अवधि नपुगेपछि उनीहरुलाई कामु दिइएको हो । उनीहरुमध्ये कँडेलबाहेक सबै सशस्त्रको सिसं २ का अधिकृत हुन् ।

गृहमन्त्रिस्तरको मंसीर १३ गतेको निर्णयले ११ जना अधिकृतहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका थिए ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै उनीहरुले राज्य र संगठनलाई पु¥याएको योगदानकोसाथै कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको उल्लेख गरे

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports