kumari
stcnepal

आकस्मिक बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारी वर्षा हुने क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले एक सूचना जारी गर्दै आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ, अर्घाखाँची, गुल्मी र आसपास भई बहने केही स-साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको उल्लेख गरेको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

 

footer