kumari
stcnepal

नागरिक उन्मुक्ती पार्टीले दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिने गर्यो निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पर्सि २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णयसमेत गरेको छ ।

प्रतिनिधि सभामा नाउपाका चार सांसद छन् । नाउपाले सुरुदेखि नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै आएको थियो । अब कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय भएकाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक नेताले बताए । उनले भने, ‘प्रधानमन्त्रीको समय मागेका छौं, समय मिल्नासाथ औपचारिक रूपमा जानकारी गराउँछौं ।’

footer