kumari
stcnepal

कोलम्बिया कोपा अमेरिकाको फाइनलमा, उपाधिको लागि अर्जेन्टिनाको सामना गर्ने

काठमाडौँ । कोपा–अमेरिका फुटबलमा उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको ४८औँ संस्करणमा आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १–० गोलअन्तरले उरुग्वेलाई हराएको हो । कोलम्बियाको जितमा जेफरसन लेर्माले ३९ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । अव उपाधिको लागि कोम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ ।

लियोनल मेस्सीको कप्तानमा रहेको अर्जेन्टिना भने यसअघि नै फाइनलमा पुगिसकेको छ । अर्जेन्टिनाले बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी क्यानडालाई २–० गोलले हराएको थियो ।

footer