kumari
stcnepal

एमाले अध्‍यक्ष ओलीको प्रधानमन्त्रीमा दाबी पेश

काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केशी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् । ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथमा लिएर राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

footer