kumari
stcnepal

एमाले र कांग्रेसका सांसद मात्रैको समर्थनमा प्रधानमन्त्री पदमा ओलीको दाबी पेस

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति समक्ष प्रधानमन्त्री पदमा दावी पेस गर्दा साना दललाई बेवास्ता गरेका छन् । उनले आफ्नो पार्टी एमाले र कांग्रेसका सांसद मात्रैको समर्थनमा प्रधानमन्त्री पदमा दाबी पेस गरेका हुन् ।

जसअनुसार ओलीले १६६ सांसदको समर्थन जुटाएका छन् । जसअनुसार कांग्रेसका ८८ र एमालेका ७८ सांसदको समर्थनमा उनले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र बुझाउँदै आग्रह गरेका छ्न ।

ओलीलाई सत्ता यात्राका लागि साना दलहरु राप्रपा सहित जसपा, जनमत, लोसपा, जसपा नेपाल लगायतका दल सकारात्मक छन् । तर, उनले सरकार निर्माणको प्रक्रियामा कांग्रेसको मात्रै साथ लिएका हुन् ।

footer