kumari
stcnepal

प्रतिनिधिसभा बैठकको समय परिवर्तन, सोमबार दिउँसो १ बजे बाट ४ बजे

काठमाडौँ । प्रतिनिधिसभा बैठकको समय फेरि परिवर्तन गरिएको छ । सोमबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठकको समय संघीय संसद् सचिवालयले परिवर्तन गरेर दिउँसो ४ बजेका लागि सारेको हो । ।

‘असार ३१ गते सोमवार दिनको १ बजे वस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको अर्को बैठक मिति २०८१ साल असार ३१ गते सोमबार दिनको ४ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ’, संसद् सचिवालयले प्रकाशित गरेको सूचनामा भनिएको छ ।

यसअघि आइतबार निर्धारित बैठक स्थगित गरेर सचिवालयले सोमबार १ बजेका लागि नयाँ मिति तय गरेको थियो । सत्ता परिवर्तनका कारण प्रतिनिधिसभाको बैठक पनि प्रभावित भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । उनको शपथ भने सोमबार हुने भएकाले संसद् पनि सारिएको बताइएको छ ।

footer