kumari
stcnepal

बरिष्ठ सईको तलव बढाउन सर्बोच्च अदालतको परमादेश

काठमाडौं। सर्वोच्च अदालतले नेपाल प्रहरीका बरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) हरुको तलब बढाउन परमादेश दिएको छ ।

बुधबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले वरिष्ठ सईहरुको तर्फबाट दायर भएका दुई वटा फरकफरक रिटमा वरिष्ठ सईहरुको पक्षमा आदेश जारी गरेको हो। विनय चन्दसहितका १४ वरिष्ठ सईले पुस १६, २०८० मा र उहाँहरुले नै असार १३, २०८१ मा दायर गरेका छुट्टाछुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो।

अब पुरानो पदको तलब नयाँ पदमा समायोजन भई वरिष्ठ सईले स्वत विगतको भन्दा थप तलब पाउने र सई र इन्स्पेक्टरले जस्तै वरिष्ठ सईले ८ ग्रेडसम्म पाउने अवस्था सिर्जना भएको छ। यसअघि वरिष्ठ सईको तलब सईको भन्दा पनि कम थियो ।

footer