kumari
stcnepal

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पुस १० मा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक शनिबार पुस १० गते बस्ने भएको हो ।

आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने र शुक्रबार ‘भोली’ निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने र पुस १० गते शनिबार बैठक बस्ने तयारी भइरहेको बताइएको छ ।

अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । मंसिर २४-२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । बुधबारसम्म दलित तर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

footer