kumari
stcnepal

सामसङ ग्यालेक्सी एस टेन बिक्री सुरु

सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस टेन स्मार्टफोन नेपाली बजारमा बिक्री सुरु गरेको छ । एस सिरिजअन्तर्गत विभिन्न चार प्रकारका फोन बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । क्यामेरा, डिस्प्ले तथा कार्यक्षमतामा उत्कृष्ट रहेकाले ग्यालेक्सी एस टेनले स्मार्टफोनको बजारमा सम्पूर्ण आवश्यकता पूरा गर्ने बताइएको छ ।

ग्यालेक्सी एस टेन एक दशकभन्दा लामो अनुसन्धानबाट विकास गरिएकाले यसलाई नयाँ पुस्ताको स्मार्टफोन पनि भन्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले ग्यालेक्सी एस टेन १ मार्चदेखि १४ मार्चसम्म प्रि–बुकिङको व्यवस्था मिलाएको थियो । प्रि–बुकिङको अवधिभर नेपाली बजारमा यसको उल्लेखनीय माग भएको पनि कम्पनीले जनाएको छ ।

सामसङले १० वर्षअघि एस सिरिज प्रस्तुत गरेपछि स्मार्टफोनको बजारमा तरंग सिर्जना गरेको भन्दै सामसङ मोबाइलको नेपालका प्रमुख प्रणयरत्न स्थापितले प्रि–बुकिङमा सहभागीहरूलाई धन्यवाद दिए । ग्यालेक्सी एस टेनले डिस्प्ले, क्यामरा तथा कार्यक्षमतामा नवीनता प्रदान गर्ने भन्दै उनले यो चार प्रकारका मोडलमा उपलब्ध रहेको र तिनीहरू सबैमा खास–खास विशेषता रहेको बताए ।

ग्यालेक्सी एस टेन ५१२ जिबीको उपभोक्ता मूल्य १ लाख ५४ हजार ५ सय तोकिएको छ भने ग्यालेक्सी एस टेन १२८ जिबीको उपभोक्ता मूल्य १ लाख २३ हजार ५ सय तोकिएको छ । त्यसैगरी ग्यालेक्सी एस टेनको मूल्य १ लाख १० हजार ९ सय तोकिएको छ भने ग्यालेक्सी एस टेन ईको मूल्य ९३ हजार ९ सय तोकिएको छ ।

यो मोबाइल ग्लोबल आइएमई बैंक, नबिल बैंक, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, कुमारी बैंक, एनएमबि बैंक, माछापुच्छे« बैंक र हुलास इन्भेष्टमेन्टबाट मासिक किस्ताबन्दीमा पनि खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । यो मोबाइलमा एक वर्षसम्म ब्रेकेज बिमाको व्यवस्था रहेको छ ।

footer