सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सामसङ ग्यालेक्सी एस टेन बिक्री सुरु

676
shares

सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस टेन स्मार्टफोन नेपाली बजारमा बिक्री सुरु गरेको छ । एस सिरिजअन्तर्गत विभिन्न चार प्रकारका फोन बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । क्यामेरा, डिस्प्ले तथा कार्यक्षमतामा उत्कृष्ट रहेकाले ग्यालेक्सी एस टेनले स्मार्टफोनको बजारमा सम्पूर्ण आवश्यकता पूरा गर्ने बताइएको छ ।

ग्यालेक्सी एस टेन एक दशकभन्दा लामो अनुसन्धानबाट विकास गरिएकाले यसलाई नयाँ पुस्ताको स्मार्टफोन पनि भन्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले ग्यालेक्सी एस टेन १ मार्चदेखि १४ मार्चसम्म प्रि–बुकिङको व्यवस्था मिलाएको थियो । प्रि–बुकिङको अवधिभर नेपाली बजारमा यसको उल्लेखनीय माग भएको पनि कम्पनीले जनाएको छ ।

सामसङले १० वर्षअघि एस सिरिज प्रस्तुत गरेपछि स्मार्टफोनको बजारमा तरंग सिर्जना गरेको भन्दै सामसङ मोबाइलको नेपालका प्रमुख प्रणयरत्न स्थापितले प्रि–बुकिङमा सहभागीहरूलाई धन्यवाद दिए । ग्यालेक्सी एस टेनले डिस्प्ले, क्यामरा तथा कार्यक्षमतामा नवीनता प्रदान गर्ने भन्दै उनले यो चार प्रकारका मोडलमा उपलब्ध रहेको र तिनीहरू सबैमा खास–खास विशेषता रहेको बताए ।

ग्यालेक्सी एस टेन ५१२ जिबीको उपभोक्ता मूल्य १ लाख ५४ हजार ५ सय तोकिएको छ भने ग्यालेक्सी एस टेन १२८ जिबीको उपभोक्ता मूल्य १ लाख २३ हजार ५ सय तोकिएको छ । त्यसैगरी ग्यालेक्सी एस टेनको मूल्य १ लाख १० हजार ९ सय तोकिएको छ भने ग्यालेक्सी एस टेन ईको मूल्य ९३ हजार ९ सय तोकिएको छ ।

यो मोबाइल ग्लोबल आइएमई बैंक, नबिल बैंक, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, कुमारी बैंक, एनएमबि बैंक, माछापुच्छे« बैंक र हुलास इन्भेष्टमेन्टबाट मासिक किस्ताबन्दीमा पनि खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । यो मोबाइलमा एक वर्षसम्म ब्रेकेज बिमाको व्यवस्था रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports