kumari
stcnepal

माछापुच्छ्रे खुला टेनिस प्रतियोगितामा कमल थापा पनि भिड्ने

पोखरा । आजदेखि १८औँ संस्करणको माछापुच्छ्रे खुला टेनिस प्रतियोगिता पोखरामा हुँदैछ । पोखरा रंगशालामा हुने प्रतियोगितामा महिला र पुरुष खुलासहित भेट्रान्स इभेण्ट हुनेछ । कास्की जिल्ला टेनिस संघको आयोजनामा हरेक वर्ष प्रतियोगिता हुँदै आएकोमा गत वर्ष कोरोना सङ्क्रमणका कारण रोकिएको थियो ।

रंगशालाभित्रका ६ वटा टेनिस कोर्टमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।
महिला पुरुषको खुलाबाहेक पुरुषतर्फ ३५ वर्षमाथिको एकल र डबल्स, ४५ वर्षमाथिको एकल र डबल्स, ५५ वर्षमाथिको उमेर समूहको एकल र डबल्स र ६५ वर्षमाथिको उमेर समूहको एकल गरी ११ इभेण्टमा प्रतिस्पर्धा हुने टेनिस संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक नवीन चालिसेले जानकारी दिएका हुन् ।

 

footer