kumari
stcnepal

गुमानसिंह तामाङसहित माओवादीका सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

 

झापा । आज झापामा विभिन्न दलका हजारौं नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा गुमानसिंह तामाङसहित नेकपा माओवादीका सयौं नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले दमक नगर कमिटीले आयोजना गरेको कार्यक्रममा तामाङ सहितका माओवादी केन्द्रका नेता तथा कार्यकर्ता एमालेमा पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीको उपस्थिति रहेको थियो । आजै झापा जिल्लाका विभिन्न स्थानवाट पनि माओवादी केन्द्र , नेपाली काग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरुसमेत नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

साढे ११ बजे गौरादह पोखरी र कृषि क्याम्पसको निरीक्षण कार्यक्रम रहेको छ । देहाती गाउँ जुरोपानीमा पार्टी प्रवेश कार्यक्रम र डोरामारी माविको भवन निर्माणाधिन भवन निरीक्षणको कार्यक्रम रहेको एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।

स्कूलचौन बजारमा पार्टीका विभिन्न कमिटीहरुले अध्यक्ष ओलीलाई बधाइ तथा सम्मान ज्ञापन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधिन रणनीतिक र प्रादेशिक सडकको निरीक्षण गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो ।

footer