सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गुमानसिंह तामाङसहित माओवादीका सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

598
shares

 

झापा । आज झापामा विभिन्न दलका हजारौं नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा गुमानसिंह तामाङसहित नेकपा माओवादीका सयौं नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले दमक नगर कमिटीले आयोजना गरेको कार्यक्रममा तामाङ सहितका माओवादी केन्द्रका नेता तथा कार्यकर्ता एमालेमा पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीको उपस्थिति रहेको थियो । आजै झापा जिल्लाका विभिन्न स्थानवाट पनि माओवादी केन्द्र , नेपाली काग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरुसमेत नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

साढे ११ बजे गौरादह पोखरी र कृषि क्याम्पसको निरीक्षण कार्यक्रम रहेको छ । देहाती गाउँ जुरोपानीमा पार्टी प्रवेश कार्यक्रम र डोरामारी माविको भवन निर्माणाधिन भवन निरीक्षणको कार्यक्रम रहेको एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।

स्कूलचौन बजारमा पार्टीका विभिन्न कमिटीहरुले अध्यक्ष ओलीलाई बधाइ तथा सम्मान ज्ञापन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधिन रणनीतिक र प्रादेशिक सडकको निरीक्षण गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports